मन्त्री आलेद्वारा फिल्म बनाउन पाँच महिनाको तलब

Read Time = 1 min

काठमाडौं । निर्माण हुने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘सर्वजित’ निर्माणका लागि पूर्वघोषणा गरेअनुरूप पर्यटनमन्त्री प्रेमबहादुर आलेले आफ्नो पाँच महिनाको तलब प्रदान गर्नुभएको छ ।

मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब रकम निर्देशक दिनेश डीसी र दलित महिला नेपालकी संस्थापक अध्यक्ष गौरा नेपालीलाई हस्तान्तरण गर्नुभयो ।

चलचित्र निर्माणका लागि अन्य निकायबाट पनि अर्थ सहयोग जुटाउन आफूले सहयोग गर्ने वचन मन्त्री आलेले दिनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा आलेले सहयोग प्रतिबद्धता जनाउनु भएको थियो । भदौदेखि छायांकन सुरु हुने यो चलचित्रले दलित आन्दोलनका अभियन्ता भगत सर्वजित विश्वकर्माको जीवन चित्रण गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?