सोमालियामा खाद्यान्न सहयोग गर्न संयुक्त राष्ट्रसंघको अपिल

Read Time = 3 mins

मोगादिसु । संयुक्त राष्ट्रसंघले सोमालियामा सयौं हजार नागरिक खडेरीका कारण खाद्यान्न अभावको चरम अवस्थामा परेकाले आवश्यक सहयोग गर्न अपिल गरेको छ । सोमालियामा खडेरीका कारण खाद्यान्नको अभाव भएको र यहाँका नागरिकमा कुपोषणजस्ता समस्या देखिएकाले सहयोगका लागि तत्कालै पहल गर्न विश्व समुदायलाई अपिल गरिएको हो ।

सोमालियाका लागि संयुक्त राष्ट्रसंघीय मानवीय सहयतासम्बन्धी निकायका प्रमुख आदम अब्देलमौलाले सो अपिल गर्नुभएको हो । उहाँले सोमालियमा लामो समयदेखिको खडेरीका कारण खाद्यान्न उत्पादन हुन छोडेको धेरै समय भएको भन्दै अहिले नै सयौं हजार नागरिकमा खाद्यान्न अभाव देखिएकाले तत्कालै सहयोगको खाँचो रहेको बताउनुभएको छ ।

निकै लामो समयदेखि हिंसामा फसेको यस देशमा यो वर्षको सुरुदेखि नै भोकमरी सुरु भएको उहाँले बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘अहिले नै सोमालियाका लागि केही नगर्ने हो भने यहाँका नागरिक ठूलो भोकमरीमा परेका छन्, त्यसैले विश्व समुदायले यसतर्फ सोच्नुपर्ने अवस्था देखिएको छ ।’ सोमालिया लामो समयदेखि जातीय द्वन्द्वमा फसेको छ । अहिले केही वर्षयतादेखि खडेरीलगायत समस्याले गर्दा भोकमरी पनि सुरु भएको छ ।

सोमालिया, अफ्रिकाको देश हो । यसको सिमानाको पश्चिममा इथियोपिया, उत्तर-पश्चिममा जिबुती, उत्तरमा एडेनको खाडी, पूर्वमा हिन्द महासागर र दक्षिण पश्चिममा केन्या पर्दछ । सोमालियामा अफ्रिकाको मुख्यभूमिमा सबैभन्दा लामो तटवर्ती इलाका छ । यसको भू-भागमा मुख्यतया उच्चसमस्थली, समतल भूमि र उच्च भूभागहरू छन् । मनसुनी हावा र अनियमित वर्षा हुनेहुँदा यहाँ वर्षेनी गर्मीको अवस्था विद्यमान छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?