सिजी मोटर्सले ल्यायो ‘निटा भी’ विद्युतीय कार

Read Time = 3 mins

काठमाडौं । सिजी मोटर्सले निटा ब्रान्डको ‘निटा भी’ विद्युतीय कार नेपाली बजारमा ल्याएको छ । चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्स वातावरणमैत्री विद्युतीय सवारीको व्यवसायमा प्रवेश गरेको हो । भविष्यको सवारी ‘न्यु इनर्जी’ सवारी भएकाले विद्युतीय सवारी ब्रान्ड निटा भिœयाइएको कम्पनीले जनाएको छ । निटा ब्रान्ड चिनियाँ मोटर उत्पादक कम्पनी होजोन अटोमोबाइलले उत्पादन गर्दै आएको छ ।

बुधबार काठमाडौंमा निटा भी कार सार्वजनिक गर्दै सिजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयात घटाई व्यापारघाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पु¥याउन विद्युतीय सवारीको प्रवद्र्धन गरेको बताउनुभयो । सिजी मोटर्सले ‘सीजी रिभोलुसन’ को नारासहित न्यु इनर्र्जी सवारीलाई प्राथमिकता दिने नीतिमा रहेका कारण धेरै रेन्ज दिने, उपयुक्त मूल्यका विद्युतीय सवारी नेपाली उपभोक्तालाई उपलब्ध गराउन चाहेको र सोहीअन्तर्गत निटा ब्रान्ड भित्र्याएको कम्पनीले जनाएको छ ।

निटा भीले एकपटकको फुल चार्जमा तीन सय ८० किलोमिटभन्दा बढी माइलेज दिने कम्पनीको दाबी छ । निटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सियाटलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । जसको अधिकतम गति एक सय एक किलोमिटर प्रतिघण्टा रहेको छ । निटामा प्रयोग भएका ब्याट्री र मोटरमा आठ वर्ष वा एक लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ । फ्रन्ट एक्सएलमा रहेको विद्युतीय मोटरले ७० किलोवाट, ९५ पिएस पावर र एक सय ६० एनएम टर्क जेनेरेट गर्छ ।

कारमा गर्मी वा जाडोमा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली रहेको छ । विभिन्न पाँच रङमा उपलब्ध छ भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ राखिएको छ । खरिदकर्तालाई ६.६ केडब्लुको चार्जर र एक वर्षको बिमाको सुविधा निःशुल्क उपलब्ध गराइने पनि कम्पनीले जनाएको छ । सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले नेपालको यातायात क्षेत्रमै नयाँ आयाम ल्याउने लक्ष्यसहित नयाँ प्रविधि र नवीनतम सोचसहितका सवारी ल्याइएको बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?