काठमाडौं । वैदेशिक रोजगारबाट स्वदेश फर्केका श्रमिकलाई पुनः एकीकरण गर्ने कार्यक्रम सञ्चालन गर्न स्विट्जरल्यान्डले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा नेपाल सरकार र स्विट्जरल्यान्डका अधिकारीबीच हस्ताक्षर भएको छ ।
सम्झौतामा नेपालतर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्याल र काठमाडौंस्थित स्विट्जरल्यान्ड दूतावासका चार्ज डी अफेयर्स सिल्भाना होगले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार प्रदेश नं. १ र मधेश प्रदेशका २० स्थानीय तहमा पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्न स्विट्जरल्यान्डले करिब ८६ करोड १३ लाख उपलब्ध गराउनेछ । वैदेशिक रोजगारबाट फर्केका श्रमिकको पुनः एकीकरण गरी उनीहरूसँग भएको ज्ञान, सीप, पुँजी, अनुभवको सदुपयोग गर्दै मुलुकको विकासमा लगाउने परियोजनाको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जनाएको छ । उक्त परियोजना जुलाई २०२२ बाट सुरु भएर पाँच वर्षसम्म चल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच