आइएलओ सम्मेलनमा निजी क्षेत्रको सहभागिता

Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले स्विजरल्यान्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११०औँ अधिवेशनलाई नेपालको रोजगारदातातर्फबाट बुधबार सम्बोधन गर्नुभयो । जेठ १३ गतेदेखि सुरु भएको सम्मेलनमा उहाँले कोरोना महामारीबाट विश्व अर्थतन्त्रमा परेको प्रभाव, श्रम बजार, सामाजिक-आर्थिक क्षेत्रमा छिटो-छिटो भइरहेको परिवर्तनका कारण अतिकम विकसित मुलुकलाई शताब्दी विकासको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको बताउनुभयो । ठूला र सम्पन्न राष्ट्रले साना राष्ट्रलाई सहयोग गर्नुपर्नेमा उहाँको जोड थियो ।

राष्ट्रहरूबीचको बढ्दो अन्तरनिर्भरताका कारण कुनै पनि भागमा उत्पन्न हुने घटना, अशान्ति, अस्थिरताले सम्पूर्ण विश्व नै प्रभावित हुने उल्लेख गर्दै सभापति संघईले खाद्यान्न तथा इन्धनको सन्निकट विश्वव्यापी समस्यातर्फ ध्यानाकर्षण गराउनुभयो । स्थिरता र आपसी सहयोगबाटै चुनौती सामना गर्न सकिने उहाँको भनाइ थियो ।

कोरोनाबाट भएको नोक्सानीको क्षतिपूर्ति एवं पुनरुत्थानतर्फ प्रयत्नशील रहेको अवस्थामा उच्च व्यापारघाटा, नकारात्मक शोधनान्तर स्थिति, न्यून लगानी एवं तरलता अभावलगायतबाट नेपाली उद्योग व्यवसाय प्रभावित हुन पुुगेको पनि उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?