तीन कम्पनीलाई पाँच लाख जरिवाना

Read Time = 2 mins

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद नाघेका तथा लेबल नलगाएका वस्तु बिक्री गरी अनुचित व्यापारिक क्रियाकलापमा संलग्नलाई कारबाही गरेको छ ।

विभागले मंगलबार विभिन्न तीन व्यावसायिक फर्मलाई पाँच लाख रुपैयाँ जरिवाना गरेको हो । पछिल्लो जरिवानासहित जेठ २३ गतेसम्म दुई सय ५५ फर्म अनुगमन गरी १४ लाख जरिवाना गरिएको विभागले जनाएको छ । साथै २०७९ वैशाखमा तीन सय दुई फर्म अनुगमन गरी १६ लाख ३५ हजार जरिवाना गरिएको छ ।

विभागका अनुसार २०७८ चैतमा विभिन्न एक सय ५१ फर्म अनुगमन गरी २१ लाख ४० हजार र फागुनसम्म विभिन्न १९ सय ७९ फर्म अनुगमन गरी ९७ लाख ५० हजार रपैयाँ जरिवाना गरिएको छ ।

नियमित काम तथा निर्वाचनको जिम्मेवारीमा जनशक्ति संलग्न हुँदा पनि पछिल्ला दिनमा विभागको एकल तथा संयुक्त अनुगमन उल्लेख्यरूपले बढेको विभागको दाबी छ ।

चालु आवको हालसम्म कुल २६ सय ८८ फर्म अनुगमन गरी कारबाहीस्वरूप ११ सय ९८ फर्मलाई एक करोड ४८ लाख ६१ हजार रुपैयाँ जरिवाना गरिएको विभागद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?