अन्तर्राष्ट्रियस्तरको विद्युत् वितरण कमान्ड केन्द्र बन्दै

Read Time = 3 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरणतर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण कमान्ड तथा नियन्त्रण केन्द्र निर्माण गरिरहेको छ । प्राधिकरणले सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्य पूरा गर्न सुविधासम्पन्न केन्द्र निर्माण गरेको हो । काठमाडौंको स्युचाटारस्थित भारप्रेषण केन्द्रसँगै अन्तर्राष्ट्रियस्तको केन्द्र निर्माणाधीन रहेको निर्माण कार्य आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणले जनाएको छ ।

केन्द्रमा काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित गराउन निर्माणाधीन भूमिगत वितरण प्रणालीको नियन्त्रण कक्ष रहनेछ । जसमा उपत्यकाका सबस्टेसन तथा स्विचिङ स्टेसन जोडिनेछन् । केन्द्रबाटै ११ केभीभन्दा मुनिको ग्राहकको घरसम्म पुग्ने विद्युत् वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिने छ । साथै अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर पनि रहनेछ, जहाँ प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डाटाहरू एकीकृतरूपमा रहनेछन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण कार्यको स्थलगत अनुगमन गरी प्राधिकरणको सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रियस्तरको बनाउन आयोजना महत्वपूर्ण रहेको बताउनुभयो ।

केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिकसँग जुलाई २०२१ मा ठेक्का सम्झौता भई नोभेम्बरदेखि काम सुरु भएको थियो । सरकारको लगानी र एसियाली विकास बंैकको सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब एक करोड २० लाख अमेरिकी डलर रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?