इ-बिलिङमा सुनचाँदी व्यवसायीको चासो

Read Time = 2 mins

काठमाडौं । विद्युतीय माध्यमवाट बिजक (इ-बिलिङ) जारी गर्ने विषयमा नेपाल सुनचाँदी व्यवसायी महासंघले आन्तरिक राजस्व विभागसँग परामर्श गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक रितेशकुमार शाक्यसँग भेट गरी आवश्यक परामर्श गरेको हो ।

विभागले हालै आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ को मूल्य अभिवृद्धि कर तथा आय विवरणमध्ये कुनै एक आर्थिक वर्षको कारोबार रकम १० करोडभन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताले अनिवार्यरूपमा विद्युतीय बिजक जारी गर्नुपर्ने व्यवस्था गरेको छ । सोही विषयमा देखिएको अस्पष्टताबारेमा महासंघका अध्यक्ष शाक्यले चासो व्यक्त गर्नुभएको थियो ।

विभागका महानिर्देशक शाक्यले विद्युतीय माध्यमबाट बिजक जारी गर्ने विषयमा थप प्रष्ट पार्दै १० करोडभन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताले अनिवार्यरूपमा विद्युतीय बिजक जारी गर्नुपर्ने व्यवस्था गरिएको बताउनुभयो । जसले लेखाप्रणाली व्यवस्थित बनाउन सहयोग पुर्‍याउने उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?