सिजी डिजिटलको सोरुम जोरपाटीमा पनि

Read Time = 1 min

काठमाडौं । मल्टी ब्रान्ड इलेक्ट्रोनिक्स सोरुम सिजी डिजिटलले काठमाडौंका जोरपाटीमा पनि सोरुम सञ्चालनमा ल्याएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सोरुम उद्घाटन गर्नुभयो ।

सोरुममा सिजी इलेक्ट्रोनिक्सअन्तर्गतका विभिन्न प्रतिष्ठित ब्रान्ड एलजी, सिजी, गोदरेज, टिसिएल, सेन्सेड केन्ट, पिजन, एलिका, ब्ल्याक डेकर, बेको र माइडियालगायत ब्रान्डका सात सयभन्दा बढी घरायसी उपकरण उपलब्ध रहने कम्पनीले जनाएको छ । नयाँ सोरुम शुभारम्भको अवसरमा कम्पनीले छुट तथा उपहारको व्यवस्था गरेको छ । जोरपाटी सोरुम कम्पनीको २१औँ सोरुम हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?