काठमाडौं । बिहीबार बिहाननै बाट काठमाडौं उपत्यकामा बर्षा भएको छ । यसअघि बुधवार दिउँसो पनि काठमाडौंमा क्षणिक भारी बर्षा भएको थियो ।
जसका कारण काठमाडौंका जमल, पुतलीसडक, ललितपुरको कुपण्डोल लगायतका क्षेत्र जलमग्न बनेको थियो ।
जल तथा मौसम विभागका अनुसार आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुनेछ । त्यस्तै कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति भने प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे विभागले जनाएको छ ।
मौसम विभागका अनुसार, हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । जसका कारण केही दिनयता वर्षा हुँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच