पहिरोले नारायणगढ-मुग्लिन सडक दुवैतर्फ अवरुद्ध

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

मुग्लिन । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक दुवैतर्फ अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले बिहीबार बिहानैदेखि पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।

पहिरोकै कारण मुग्लिन-नौबिसे सडक पनि अवरुद्ध भएको छ। इच्छाकामना–४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?