खाद्य कम्पनीले रद्द गर्‍यो अधिकृतको लिखित परीक्षा

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साविकको नेपाल खाद्य संस्थान) ले तीन वर्ष अघि लिएको अधिकृत तहको लिखित परीक्षा रद्द गरेको छ ।

कम्पनीले १२, २६ र २७, २०७५ लिखित परीक्षा लिएको थियो ।

कम्पनीले बिहीबार सार्वजनिक सूचना जारी गरेर विज्ञापन नम्बर २-०७५-७६ अधिकृत, प्रशासन, तह-६ खुलातर्फको लिखित परीक्षा रद्द गरेको जानकारी दिएको हो ।

कम्पनीका अनुसार सर्वोच्च अदालतको फैसला र लोकसेवा आयोगको पत्र अनुसार परीक्षा रद्द गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?