संसद बैठक आज पनि बस्दै, चार मन्त्रालयको बजेटमाथि छलफल हुने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहीबार पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

सांसद प्रेम सुवाल, दुर्गा पौडेल र सूर्यप्रसाद पाठकले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

ठकमा आज पनि विनियोजन विद्येयक २०७९ को विभिन्‍न शीर्षकहरूमाथि छलफल जारी हुने भएको छ ।

बैठकमै सांसद सुवालले विनियोजन विधेयक, २०७९ अन्तगत शिक्षा, विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि विनियोजन विधेयक २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय र अर्थ मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्चा कटौटीको प्रस्ताव पेस गर्ने हुनुभएको छ ।

अर्का सांसद डा. सूर्यप्रसाद पाठकले विनियोजन विधेयक, २०७९ अन्तर्गत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस् भन्दै अर्को प्रस्ताव प्रस्तुत गर्ने भएको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?