जलविद्य‍ुत आयोजना निर्माणमा तिला गाउँपालिकाको सहकार्य

Read Time = 2 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिकासँगको सहकार्यमा तिला जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छ ।

११ करोड रुपैयाँ लगानीमा आयोजनाको निर्माण कार्य सुरु भएको हो । आयोजना निर्माणको अगुवाई नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले गर्नुभएको छ ।

उहाँले टुक्रे योजनाभन्दा पनि महत्वपूर्ण विकासे संरचना निर्माणमा ध्यान दिइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो तिला गाउँपालिकासँग सहकार्य गरेपछि खर्च र आम्दानी तिला गाउँपालिकाकै हुन्छ । त्यही भएर आयोजनासँग गाउँपालिकाको अपनत्व बढी हुनुपर्छ’, बुधबार पत्रकार सम्मेलन गर्दै सांसद महतले बताउनुभयो ।

उहाँले आयोजना निर्माणको खर्च सबै गाउँपालिकामार्फत भएकाले आर्थिक विषयमा आफू संलग्न नभएको पनि प्रष्ट पार्नुभयो।

आयोजना निर्माणमा आवश्यक मेसिन भने चीनदेखि ल्याइने भएको छ । जसका कारण निर्माण कार्य ढिलाइ भएको महतको भनाइ छ । तर, पनि आयोजना बन्ने उहाले दाबी गर्नुभयो ।

‘मेरो केही कमजोरी थियो भने ठोस योजनामा सर्ब लगानी गर्नुथियो तर बनेर छोड्छ आयोजना । गाउँपालिकाले बनाउनु राम्रो हुन्छ । किनकि गाउँपालिकाले बनाउँछु भनेर हस्ताक्षरसमेत गरेको छ’, महतले भन्नुभयो ।

आयोजना एक मेघावाटको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?