मेलम्चीमा बाढीले अस्थायी पुलमा क्षति, सडक आवागमन बन्द

हिमालय टाइम्स
Read Time = 1 min

तस्बिर : रासस

चौतारा । सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा पानीको बहाब बढेको छ।

गएरातिको वर्षाले मेलम्ची नगरपालिका-११ स्थित ह्युम पाइप जडित फट्के पुलमा क्षति पुर्‍याएको हो । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ

मेलम्ची नगरपालिका वडा नम्बर ११ मा गत वर्ष असार १ गतेको बाढीले पुल बगाएपछि ह्युमपाइप राखेर बाटो बनाइएको थियो।

यो अस्थायी संरचना आज बिहान बाढीले क्षति पुर्‍याएपछि मर्मत गर्न लागिएको छ।

मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले बाढीले क्षति पुर्‍याएको संरचना मर्मत गर्न लागिएको बताउनुभयो ।

मेलम्चीको वडा नम्बर ७ र ११ जोड्ने उक्त ह्युमपाइपमा क्षति भएपछि बाटो अवरूद्ध भएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?