जनमत संग्रहबाट धर्मनिरपेक्षता वा हिन्दु राष्ट्र भन्ने बारेमा टुंगो लगाइयोस् : अध्यक्ष थापा

हिमालय टाइम्स
Read Time = 3 mins

- चन्द्रकान्त खनाल

बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनमत संग्रहबाट धर्मनिरपेक्षता वा हिन्दु राष्ट्र भन्ने बारेमा टुंगो लगाउनु पर्ने बताउनु भएको छ ।

उहाँले राप्रपा नेपालले पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको पुर्नस्थपनालाई मुख्य एजेण्डा बनाएको बताउँदै सहमतिको आधारमा संविधानलाई संशोधन गरेर पूर्ण स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने वताउनु भएको हो ।

अध्यक्ष थापाले अब आफूले राजतन्त्रको एजेण्डा छाडेको वताउँदै राजतन्त्र पुनस्र्थापना हुने सम्भावना समाप्त भएको समेत वताउनु भयो ।

बुटवलमा राप्रपा नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै अध्यक्ष थापाले असम्भव एजेण्डा बोकेर जाँदा हिन्दु राष्ट्र लगायतका एजेण्डा ओझेलमा परेकाले आफूले भारी मनले राजतन्त्रको एजेण्डालाई परित्याग गरेर लोकतन्त्र, राष्ट्रियता र हिन्दुराष्ट्रलाई मुख्य एजेण्डा बनाएको वताउनु भयो ।

जनताबाट निर्वाचित कार्यकारी प्रमुखको रुपमा प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नु पर्ने उहाँको भनाइ थियो ।

उहाँले वर्तमान संघीय स्वरुपलाई परिमार्जन गरेर केन्द्र र स्थानीय तह गरी दुई तहको स्वरुप कायम गर्नु उपयुक्त हुने धारणा राख्नुभयो ।

अध्यक्ष थापाले राजेन्द्र लिङ्देङ नेतृत्वको राप्रपाले राजतन्त्रको एजेण्डा छाडेमा पार्टी एकता गर्नका लागि आफू जहिले पनि तयार रहेको वताउनु भयो ।

थापा लुम्बिनी प्रदेशको बुटवलमा बुद्धिजीवी वर्ग र नागरिक समाजका अगुवाहरुसँगको कार्यक्रममा बुटबल आउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?