सरकारप्रति प्रतिपक्षको गुनासै गुनासा, मन्त्रीसमेत संसदप्रति जवाफदेही नभएको आरोप

Read Time = 4 mins

काठमाडौं । नेकपा (एमाले)का सांसद डा. सुर्य पाठकले मन्त्री र सरकारको संसदप्रति जवाफदेहिता नभएको बताउनु भएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उहाँले संसदमा बजेटमाथि छलफल भइरहेको भएपनि मन्त्रीहरु विदेश सयरमा रहेको टिप्पणी गर्नुभयो ।

फोहोरको थुप्रो र शुद्ध पिउने पानीको आभावमा जनताको जनजिवन कष्टप्रद बनेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एकातिर फोहोरको थुप्रो । अर्कोतिर शुद्ध पिउने पानीको अभाव छ । जनताको जिवन आज कहाँ छ ? कति कष्टप्रद छ ? यो कुरा हामीले सहजै अनुमान लगाउन सकिन्छ । मन्त्री र सरकारको संसद र जनताप्रति जवाफदेहीता देखिदैन । बजेटमा छलफल छ । तर केही मन्त्रीहरु विदेशमा सयर गर्नुभएको छ । केही मन्त्रीहरु आज हो कि भोली हो घर जाने टुंगो छैन । पत्रिकामा कहिले हटाइदिएको छ, कहिले कायम गराइदिएको छ ।’

राष्ट्रिय जनमोर्चाकि सांसद दुर्गा पौडेलले सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई अनुसन्धानमुलक बनाउने ठोस कार्यक्रम नआएको बताउनु भएको छ ।

उहाँले सरकारी तहबाट नै नीजिकरण र व्यापारीकरणलाई प्रोत्साहन गर्नेगरी नीति ल्याइएको बताउनुभयो । शिक्षालाई समयानुकुल वैज्ञानिक बनाउने योजना सरकार सँग नरहेको उहाँले उल्लेख गर्नुभयो । नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई वेवास्ता गरिएको उल्लेख गर्दै उहाँले यसो गरेमा शिक्षा क्षेत्र तहसनहस हुने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले माध्यामिक तहको शिक्षालाई निशुल्क गर्न नसके शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आवश्यकता नरहने बताउनु भयो ।

सांसद सुवालले माध्यामिक तहको शिक्षा निशुल्क र अनिवार्य हुनुपर्ने बताउनुभयो । उहाँले सरकारले माध्यामिक शिक्षालाई निशुल्क र अनिवार्य गराउन नसके शिक्षा मन्त्रालयको आवश्यकता नरहने बताउनुभयो ।

उहाँले विश्वविद्यालय शिक्षापनि निशुल्क हुनुपर्ने बताउनुभयो । सांसद सुवालले तराईका जनताले आर्सेनिकयुक्त खानेपानी खानुपर्ने स्थितिमा खानेपानी मन्त्रालयको पनि औचित्य नभएको बताउनुभयो ।

नेकपा(एमाले)का सांसद यज्ञराज सुनुवारले संघीय शिक्षा ऐनको अभावमा विश्वविद्यालय र विद्यालयहरु अस्तव्यस्त बनिरहेको बताउनुभयो ।
उहाँले त्रिभुवन विश्वविद्यालयमा सरकारकै संरक्षणमा तालाबन्दी गरिएको आरोप लगाउनुभयो ।

एमाले सांसद भीम रावलले सरकार संसदप्रति अनुत्तरदायि भएको बताउनुभयो । संसदप्रति सरकार अनुत्तरदायि भएर अर्थतन्त्रका चुनौतीहरुलाई सामना गर्न नसकिने सांसद रावलले बताउनुभयो ।

नेकपा(एमाले)का सांसद भीम रावलले संसदबाट एमसीसी सम्झौतालाई १२ बुँदे व्याख्यात्मक घोषणासहित पास गरेर सो घोषणालाई सम्झौताको अंग बनाइएको भनिएपनि अंग बनेको पत्र नआएको बताउनुभयो । उहाँले सो पत्रको बारेमा प्रतिनिधि सभालाई जानकारी गराउनुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?