दैलेख जिससमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी

Read Time = 2 mins

सुर्खेत । जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका नमराज शाही विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेसका उपसभापतिसमेत हुनु हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन बनाएर चुनावी मैदानमा रहे पनि बागी उम्मेदवारी दिनुभएका शाही विजय हुनु भएको हो । उहाँलाई एमालेले सघाएको थियो । एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी हुनुभयो । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी दुर्गा श्रेष्ठ नौ मत पाउनु भयो ।

उपप्रमुखमा एमालेका केशवबहादुर शाही विजयी हुनु भयो । उहाँले ११ मत ल्याउँदा उपप्रमुखमा नेकपा एकिकृत समाजवादीकी शान्ती शाहीले १० मत पाउनु भयो ।

अन्य सात जना सदस्यमा मिश्रिम नतिजा आएको छ । सदस्यमा कविताकुमारी गिरी (नेकपा एकीकृत समावादी), कोकीलाकुमारी खड्का (नेकपा एकीकृत समावादी), पुर्णा विक (नेकपा एकीकृत समावादी), तुल्छा विक (नेकपा माओवादी केन्द्र), अङ्गबहादुर शाही (नेपाली कांग्रेस), फत्तबहादुर डांगी (नेकपा माओवादी केन्द्र) र दिलबहादुर शाही (स्वतन्त्र) विजयी हुनु भयो ।

दैलेखका ११ स्थानीय तहमा नेकपा एमालेले पालिका प्रमुख उपप्रमुखसहित १० पद जितेको थियो । नेपाली कांग्रेसले नौ, माओवादी केन्द्रले दुई र समाजवादीले एक पद जितेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?