अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर फ्लिन काठमाडौंमा

Read Time = 1 min

काठमाडौं । चार दिने नेपाल भ्रमणको सिलसिलामा अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए फ्लिन आज काठमाडौं आइपुग्नुभएको छ ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमण गर्नुअघि फ्लिनको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

फ्लिनले शुक्रबार प्रधानसेनापति शर्मासँग जंगी अड्डामा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । फ्लिन भारतहुँदै नेपाल आउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?