प्रधानमन्त्री देउवा र काठमाडौंका मेयर साहबीच भेटवार्ता, के भयो कुराकानी ?

Read Time = 1 min
A A- A+

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले महानगरपालिका प्रमुख साहसँग छलफल गर्नुभएको हो ।

दुई जनाबीचको भेट काठमाडौंको फोहर व्यवस्थापनका विषयमा केन्द्रीत भएको थियो ।

प्रधानमन्त्री देउवाले मेयर साहलाई फोहर व्यवस्थापनमा जुट्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको बताउनु भयो ।

स्थानीयसँग सहमति गरेर अघि बढ्न र सरकारले गर्नु पर्ने कुरामा पछि नहट्ने बताउँदै देउवाले विभागिय मन्त्रीलाई निर्देशन दिने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?