बैतडीका तीन स्थानीय तहमा खोरेत रोग फैलियो, किसानहरू चिन्तित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

-कृष्ण बिष्ट

बैतडी । बैतडीका तीन स्थानीय तहमा खोरेत रोग फैलिएको छ । एक महिना पहिले पाटन नगरपालिका-५ मा फेला परेको खोरेत रोग अहिले मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा पनि रोग देखिएको हो ।

मेलौली नगरपालिका-२, पञ्चेश्वर गाउँपालिका–५ र पाटन नगरपालिका–५ मा खोरेत रोग फैलिएको पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तले जानकारी दिनुभयो ।

खोरेत रोग फैलिएको ठाउँहरूमा रोग बिरुद्धको भ्याक्सिन पठाएर पशुहरूमा लगाउन सुरु गरिएको पनि उहाँले बताउनुभयो । मेलौली र पञ्चेश्वरमा पाँच सय भन्दा बढी पशुहरूलाई खोरेत बिरुद्धको खोप लगाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

एक महिना पहिले पाटन नगरपालिका-५ का पशुहरूमा खोरेत रोग फेला परेको थियो । पाटन ६ मा मात्रै दुई दर्जन पशुचौपाया मरेको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहराले जानकारी दिनुभयो । उक्त वडामा अझैपनि रोग नियन्त्रणमा नआएको वडा अध्यक्ष फुनि सिंह बोहराले बताउनुभयो ।

आहारा नखाने, र्याल चुहाईरहने, खुट्टाका खूरहरू फाट्ने, १०४ डिग्री भन्दा बढी ज्वरो आउने लगायतका लक्षणहरू देखिने गरेको पशु प्राबिधिकहरूले जनाएका छन् ।

खोरेत रोगका कारण पशुहरूमा महामारी नै फैलने भएकाले समयमै ध्यान दिनुपर्ने पशु चिकित्सकहरूले सुझाएका छन् । रोग लागिसकेपछि निको हुने सम्भावना कम हुने गरेकाले गोठहरू सफा राख्ने, सरसफाईमा विशेष ध्यान दिन किसानहरूलाई चिकित्सकले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्तामा के भयाे छलफल ? चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे सालाहको रणनीति सफल, तर लुकाकुले खोसे इजिप्टको ऐतिहासिक जित तीन प्रणालीकाे प्रभाव, यी स्थानमा चट्याङ्ग सहित वर्षाकाे सम्भावना यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा राेकियाे स्पेन ‘काम छैन त दाम छैन’ कानुन नै आवश्यक प्रादेशिक विकास र पूर्वाधारलाई जोड दिँदै प्रदेशहरूको बजेट सार्वजनिक