अध्यधिक गर्मी बढेपछि बाँकेमा शैक्षिक संस्था बन्द

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

-शुभाकर विश्वकर्मा

नेपालगञ्ज । बाँकेमा पछिल्लो एकसाता यता अध्यधिक गर्मी बढेपछि शैक्षिक संस्था बन्द गरिएको छ । अध्यधिक गर्मीका कारण विद्यार्थीहरूलाई पठनपाठनमा समस्या भएपछि  शैक्षिक संस्था बन्द गरिएको हो ।

जिल्लाका आठ स्थानीय तह मध्ये तीन वटा पालिकाले बिहीबार एकैदिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका हुन् । जिल्लाको एकमात्र नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र  खजुरा गाउँपालिकाले  शैक्षिक संस्थामा पढाइ बन्द गर्ने निर्णय गरेका हुन् ।

शिक्षा युवा तथा खेलकुद शाखा खजुराद्धारा जारी विज्ञप्तिमा पछिल्लो एक सातादेखि अध्यधिक गर्मी बढेपछि विद्यार्थीको पठनपाठनमा समस्या भएपछि शैक्षिक संस्था पाँच दिनसम्म बन्द गर्ने निर्णय गरिएको  उल्लेख छ ।

खजुरामा सबै शैक्षिक संस्था २७ गतेदिख जेठ ३१ गतेसम्म बन्द हुनेछन् । पूर्वनिर्धारित परीक्षा र अन्य प्रशासनिक कार्यका लागि भने शाखा खुल्ला नै रहन र अन्य प्रशासनिक कार्यका लागि भने शाखा खुल्ला नै रहनेछ ।

यस्तै नेपालगञ्ज उपमहानगरपालिकाले समेत पाँच दिनसम्मका लागि सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

कोहलपुर नगर शिक्षाका शाखाका प्रमुख रविलाल मिजारले बाँकेमा गर्मीका कारण पठनपाठनमा समस्या भइरहेको गुनासो र केही दिनका लागि विद्यालय नै बन्द गर्नुपर्ने सुझावका आधारमा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।

उहाँका अनुसार कोहलपुरमा पाँच दिन विद्यालय बन्द हुनेछन् । ‘कोहलपुरमा विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । पहिलोचरणमा पाँच दिन विद्यालय बन्द हुन्छन् । त्यसपछि अवस्था हेरेर फेरि निर्णय हुन्छ’, उहाँले भन्नुभयो ।  बाँकेका अन्य पालिकाहरूले समेत विद्यालय बन्द गर्ने तयारी गरिरहेका जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?