फोहर व्यवस्थापनका विषयमा बञ्चरेडाँडाका स्थानीय र मन्त्रालयबीच आज वार्ता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरको फोहर व्यवस्थापनका विषयमा देखिएको विवाद समाधानका लागि आज वार्ता हुने भएको छ । काठमाडौंको फोहर बञ्चरेडाँडामा फालेपछि विवाद उग्र बनेको थियो । स्थानीयको सहमति बेगर बञ्चरेडाँडामा फोहर फालेको भन्दै आन्दोलन भइरहेको छ ।

मंगलबार र बुधबार फोहर बोकेर गएका सवारीमा स्थानीयले अवरोध गरेका थिए भने प्रहरीले बल प्रयोग गरेपछि अवस्था झनै बिग्रिएको थियो ।

विवाद बढ्दै गएपछि त्यसको समाधानका लागि सरकार र आन्दोलनरत पक्षबीच आजवार्ता हुने भएको हो । आजको वार्तामा सरकार तर्फबाट शहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्ष लगायतका सहभागी हुने जनाइएको छ । वार्ता बिहान ८ बजे मन्त्रालयमा हुँदैछ ।

यसअघि सहरी विकास मन्त्रालयले सोमबार प्रभावित क्षेत्रका गाउँपालिका नुवाकोटको ककनी र धादिङको धुनिबेसी नगरपालिका प्रमुखलाई राखेर बञ्चरेडाँडामा फोहर फाल्ने सम्झौता गरेको थियो । तर स्थानीयलाई सहभागी नगराएको र प्रभावित क्षेत्रका वडा अध्यक्षलाई नराखेको भन्दै स्थानीयले त्यसलाई अस्वीकार गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?