काठमाडौं । भ्याली पब्लिक र इडेन ब्रिज एकेडेमी (इबिए) ले पाँचौँ बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् । भ्याली पब्लिकले गोल्डेनपिकलाई १६-१४ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा विशाल परियारले आठ अंकको योगदान गर्नुभयो । निखिल शाहीको ६ अंकको सहयोगमा इबिएले स्काइलार्कलाई १४-५ ले हरायो ।
सिनियर ब्वाइजमा एचएचसिए, गोल्डेनपिक, ग्रिनल्यान्ड र नेपाल मोडेलले सफलता पाए । एचएचसिएले इबिएलाई ३२-१४ ले पन्छायो । एचएचसिएका विक्रम तामाङले ६ अंक जोड्नुभयो । गोल्डेनपिकले आयोजक बसुन्धारा नेसनल एकेडेमी (बिएनए) लाई ३६-३१ ले निराश पा¥यो । गोल्डेनपिकका दिनेश पालले २२ स्कोर गर्नुभयो । ग्रिनल्यान्डले भ्याली पब्लिकमाथि ३९-३४ को जित दर्ता गर्यो । ग्रिनल्यान्डका निम्ति दिवस भुजेलले ११ अंक बटुल्नुभयो । नेपाल मोडेलले हिमरश्मीलाई २२-१९ ले पाखा लगायो । विजेताका सतिश श्रेष्ठले २० अंक जोड्नुभयो ।
सिनियर गल्र्समा आयोजक बिएनएविरुद्धको खेलमा भ्याली पब्लिक २७-२ ले विजयी भयो । भ्याली पब्लिककी लोरिशा गौचनले सर्वाधिक १६ स्कोर गर्नुभयो । दुई खेल वर्षाका कारण स्थगित भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच