अन्तरिक्षबाट बिजुली पृथ्वीमा पठाउने योजनामा चीन

Read Time = 2 mins

बेजिङ्ग । चीनले आफ्नो सोलार पावर प्लान्ट स्पेस स्टेशनको लागि परीक्षण प्रक्षेपण सुरु गर्ने घोषणा गरेको छ । यो महत्वाकांक्षी आयोजनाको पहिलो चरण निर्धारित समयभन्दा दुई वर्षअगाडि अर्थात् सन् २०२८ मा सुरु हुनेछ । यो योजना सम्पन्न भएपछि अन्तरिक्षबाट बिजुली पृथ्वीमा पठाउन सकिन्छ । यसमा पृथ्वीबाट ४०० किलोमिटर उचाइबाट वायरलेस पावर ट्रान्समिसन प्रयोग गरिनेछ ।

चीनको यो योजनाको रिपोर्ट चाइनिज स्पेस साइन्स एण्ड टेक्नोलोजी जर्नलमा प्रकाशित भएको छ । उक्त स्याटेलाइटले सौर्य ऊर्जालाई माइक्रोवेभ वा लेजरमा परिणत गर्ने र पृथ्वीका विभिन्न ठाउँमा र गतिशील उपग्रहहरूमा ऊर्जा किरण पठाउने अनुसन्धानकर्ताले बताएका छन् ।

चीनका अनुसार यो आयोजना सन् २०५० सम्ममा सम्पन्न हुनेछ । एकपटक पूर्णरूपमा सञ्चालनमा आएपछि यो सोलार स्टेसनले अन्तरिक्षमा आणविक उर्जा केन्द्रको रूपमा काम गर्नेछ । बिजुलीको ग्रिड जस्तै पृथ्वीमा बिजुली पठाउनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?