राष्ट्रसंघीय महासभामा नेपाल उपाध्यक्ष निर्वाचित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७७औं महासभामा मंगलबार नेपाल एशिया-प्रशान्त क्षेत्रका तर्फबाट उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएको छ । संयुक्त राष्ट्रसंघको ७७औं महासभामा एशिया-प्रशान्त क्षेत्रबाट नेपाल, मलेशिया, ताजिकिस्तान, तुर्कमेनिस्तान उपाध्यक्ष निर्वाचित भएका हुन् । यसैगरी अफ्रिकाबाट बेनिन, बुरुण्डी, केन्या, मौरिटानिया, नाइजर, जिम्बावे उपाध्यक्ष निर्वाचित भए भने ल्याटिन अमेरिकाबाट चिली, एल साल्भाडोर र जमैका निर्वाचित भए । पूर्वी यूरोपबाट इस्टोनिया र पश्चिम यूरोप र अन्य क्षेत्रबाट इजरायल र अष्ट्रेलिया निर्वाचित भएका छन् ।

नवनिर्वाचित पदाधिकारीको कार्यकाल सेप्टेम्बर १३ तारिखदेखि एक वर्षसम्म यो लागू हुनेछ । यसैगरी ७७औं महासभाबाट हंगेरी अध्यक्ष निर्वाचित भएको छ भने भियतनाम उपाध्यक्ष निर्वाचित भएको छ । यसअघि नेपाल ७१औं महासभामा पनि नेपाल एशिया–प्रशान्त क्षेत्रबाट उपाध्यक्ष निर्वाचित भएको थियो । सन् २०१६ देखि एक वर्ष उक्त जिम्मेवारी सम्हालेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?