नेपालको पत्रकारितामा देखिएका समस्या

Read Time = 11 mins

✍️ पुरुषोत्तम घिमिरे
पत्रकारिताको सिद्धान्त रहेर गरिने पत्रकारिकतालाई पत्रकारिता मान्न सकिन्छ । एउटा असल पत्रकारको त्यो हो जसले पत्रकारिकताको इथिक्स बुझेको होस् । समचार लेख्दा सोच विचार गरेर होइन तथ्यपरक लेखोस् । सोचेर लेखिने लेखरचना हो समचार होइन । ए, बी र सीलाई आधार मानेर गरिने पत्रकारिता गलत हुन सक्दैन । ए को मतलब एथार्थ, सत्य, तथ्य, बी को मतलब सन्तुलत र सी को मतलब विश्वसनीयता । अहिलेको पत्रकारितामा यी चीजको अभाव देखिन्छ ।

हाम्रो समाजमा च्याउ उम्रे सरी उम्रेका पत्रकारले पत्रकारिकताको मर्म बुझे जस्तो लाग्दैन । सब मनगणन्ते गफ लेखेर पेपर भर्न काम हुन्छ । फेरि यसो भनिरहँदा गलत अर्थ नलागोस् पत्रकार जगत नै खराब भयो भन्ने चाहिँ होइन । पत्रकार जगत सुध्रिनुपर्छ भनेको मात्र हो । नेताले यसो ग¥यो नेताले उसो गर्‍यो । नेता यहाँ गयो नेता उहाँ गयो भनेर न्यूजपेपर भरिन्छन् । नेताको विषयमा रिपोर्टिङ नै नगर्नु भनेको होइन । कसरी गर्ने भन्ने चाहिँ हो ।

नेता त्यहा“ गयो ? किन गयो ? त्यहा“ गएर उपलब्धि के भयो भन्ने समचार बन्नु पर्‍यो । सतही समाचारले स्थान पाएको छ । तथ्यपरक समचार पाखा लागेको छ । यदि प्रेस जगतले बेलैमा यसप्रति ध्यान नदिने हो भने भोलि यसलाई कसैले विश्वास गर्ने आधार बन्ने छैन । खोजमूलक पत्रकारिता हराउँदै गएको छ । एकले अर्काको साभार गरेर न्यूज हालेको पाइन्छ ।

१९०८ सालमा जंगबहादुर शाहले बेलायतबाट आउँदा एउटा छापाखाना लिएर आउनुभयो । त्यही छापाखानालाई थापाथलीमा राखियो । नेपालमा राणाकालमै प्रेस भित्रिएको थियो । त्यतिबेला भित्रिएको प्रेस आज लोकतान्त्रिक गणतन्त्र आइपुग्दासम्म परिस्कृत हुन सकेन ? गुणात्मक खुले गुणस्तरीय बन्न सकेनन् । हरेक परिवर्तनलाई आत्मासात गरेर अघि बढेको यो क्षेत्र आफैंमा संकीर्ण किन भयो ?

यति लामो इतिहास बोकेको पत्रकार जगत आजका दिनसम्म आइपुग्दा खासै परिवर्तन हुन सकेन । देशमा शासन सत्ता परिवर्तनका लागि अहम भूमिका खेलको प्रेस जगत आफैंमा परिवर्तन आउन सकेन । हिजोभन्दा आज यो कमजोर बन्दैजानु भनेको राम्रो होइन । लोकतन्त्रको मेरुदण्ड भनेको पत्रकारिकता जगत नै हो । चारवटा पिलरमध्ये यो एउटा पिलर हो । यो कमजोर भयोे भने लोकतन्त्र पनि कमजोर बन्छ । त्यसकारण पनि प्रेस जगत मजबुत बन्नुपर्छ ।

एशियाको नोबेल पुरस्कार भनिने रोमन म्यागसेसे अवार्डबाट पुरस्कृत पत्रकार रवीश कुमारले पत्रकारितामा देखिएका विकृति विसंगतिको उजागर गर्नुभएको छ । उहाँको भनाइलाई आधार मान्ने हो भने नेपालमा पत्रकार जगतमा सुधारको खाँचो स्पष्ट देखिन्छ । साँच्चिकै भन्ने नै हो भने अहिलेको पत्रकार क्षेत्र बदलिएको छ । पत्रकारलाई सही मार्ग निर्देश गर्ने व्यक्तिको अभाव छ । गलतलाई गलत र सहीलाई सही भन्ने व्यक्ति नभएकै कारण आजको पत्रकारिता पित पत्रकारिकता बन्दै गएको हो । हिजो गल्ति कमजोरी गर्‍यो भने औंल्याइदिने अग्रजहरू हुनुहुन्थ्यो ।

उहा“ले देखाएको मार्गमा पत्रकारिता चलेको थियो । अहिले त्यसको ठीकविपरीत भएको छ । हिजो पढाउँदा वा सिकाउँदा पत्रकारिताको इथिक्स नमरोस् भनेर सिकाइन्थ्यो पढाइन्थ्यो । अहिलो त्यो समाप्त हुँदै गएको छ । म पत्रकार हुँ । मैले जे लेख्यो, जे बोल्यो त्यही पत्रकारिता हुन्छ भन्ने भान परेको छ । यसले पत्रकार क्षेत्रलाई कमजोर बनाउँदै लगेको छ ।

पत्रकार के हो ? पत्रकारिता केलाई भनिन्छ ? पत्रकारिता कसरी गरिन्छ ? पत्रकारको इथिक्स के हो ? भन्ने साधारण कुरा नबुझी गरिने पत्रकारिता, पत्रकारिता हुन सक्दैन । पछिल्लो समय जनमानसको नजरमा पत्रकारको लोकप्रियता घट्दै गएको छ । जन विश्वास गुम्दै गएको छ । समचार कसरी बनाउने भन्ने साधारण ज्ञान नभएको व्यक्ति मिडिया हाउस चलाएर बसेका कारण यस्तो समस्या आएको हो ।
ठूला ठूला नाम चलेका मिडिया हाउसले पनि स्वतन्त्र रूपमा कलम चलाएको पाइँदैन । कतै नै कतै राजनीतिक झुकाव देखिन्छ । एउटा पक्ष र अर्काको विपक्षमा बोल्ने काम पत्रकारको होइन स्वतन्त्र रूपमा तथ्यपरक समाचार बाहिर ल्याउने पत्रकारको काम हो । कसैलाई खुशी पार्न या दुःखी पार्न समचार लेख्ने पत्रकारको काम होइन । पत्रकारिता निष्पक्ष हुनपर्छ । अहिलेको परिवेशमा खोजमूलक पत्रकारिता मर्दै गएको छ । कोठे पत्रकारिकता मौलाएको छ ।

सूचना विभाग तथा प्रेस काउन्सिल जस्ता नियमनकारी निकायका अनुसार अहिलेसम्म नेपालमा ७ हजारभन्दा बढी पत्रपत्रिका दर्ता भएका छन् । दर्ता भएकामध्ये ९ सय ५० नियमित प्रकाशित भएको पाइन्छ । ७ सय ५० रेडियो र २ सय टेलिभिजनले अनुमति लिएका छन् । २ हजारभन्दा बढी न्यूज पोटलहरू सूचीकृत छन् । सम्बन्धित निकाएले नेपालमा मिडिया क्षेत्र गुणस्तरीय बनाउनुभन्दा पनि गुणा थप्ने काम गरेको यसबाट प्रष्ट हुन आउँछ ।

मिडिया हाउस अनलाइन खबरहरू च्याउ उम्रे झैँ उम्रनु ठीक होइन । सस्तो लोकप्रियताका लागि मिडिया हाउस खोलियो भनेर विज्ञहरूले भनिरहेका छन् । नियमनकारी निकायले यसप्रति ध्यान दिएको पाइँदैन । यस्ता बग्रेल्ती खोलिएका न्यूज पोटलका कारण पत्रकारिता दूषित बन्यो । यसलाई नियन्त्रण तथा नियमन गर्न सरकारी निकाय सूचना विभाग आफैंमा अन्योलग्रस्त देखिन्छ ।

लोकतन्त्रको बलियो आधार भनेको पत्रकार जगत हो । त्यसकारण सविधानमा पत्रकारितालाई चौथो अंग मानेको छ । कार्यपालिका, व्यावस्थापिका, न्यायपालिकालाई ब्यालेन्स गर्न एउटै निकाय हो प्रेस । तर, पछिल्लो समयमा प्रेसले गर्नुपर्ने काम गर्न सकेको छैन । नेपाल पत्रकार महासंघ जस्तो पत्रकारहरूको छाता संगठनमा राजनीति नियुक्ति गरिन्छ । राजनीतिक नियुक्ति भएपछि यो स्वतन्त्र कसरी भयो ?

पत्रकार महासंघको सूचीमा १ हजारभन्दा बढी पत्रकार छन् । तीमध्ये पेशागत क्षमताभन्दा पनि कसरी राजनीतिक नियुक्ति पाइन्छ भन्ने ध्यानमा छन् । पत्रकार भएरमात्र भएन पार्टीको पत्रकार बन्नुपर्ने अवस्था आएको छ । जो पत्रकारले पार्टीको नेतृत्वको चित्त बुझाउन सक्छ त्यहीमाथि पुग्छ । प्रेसलाई कसरी बलियो बनाउने ? यसको संरक्षण कसरी गर्ने ? कसरी विश्वसनीय बनाउने भन्नेतर्फ ध्यान कसैको गएको पाइँदैन ।

सत्य तथ्य समाजमा देखिएका विकृति विसंगति विरुद्ध निष्पक्ष तरिकाले जनता सामु पु¥याउने सेतुको काम गर्नुपर्ने पत्रकारिता पार्टीको मुखपत्र जस्तो देखिएको छ । आवाजविहीनको आवाज बन्नुपर्ने पत्रकारिताले पार्टीको प्रवक्ताको रूपमा काम गरेको छ भनेर वरिष्ठ पत्रकार किशोर नेपालले एउटा अन्तर्वार्तामा भन्नुभएको छ । एउटा पत्रकारकोे धर्म के हो ? कर्म के हो बुझ्ननु आवश्यक छ । सस्तो लोकप्रियताका लागि गरिने पत्रकारिता पत्रकारिता हुन सक्दैन ।

कसैले पत्रकारिता विषय लिएर पढ्दैमा असल पत्रकार बन्छ भन्ने छैन । कोही पत्रकारिता विषय नलिएकाले पत्रकारिता गर्न सक्दैन भन्ने पनि छैन । उसले गरेको कार्य कस्तो छ भन्ने हो । भन्ने गरिन्छ स्वतन्त्रताको सीमा हँुदैन तर मर्यादाको सीमा हुन्छ । मर्यादा तोडेर गरिने पत्रकारिताले समाजलाई सही दिशा दिन सक्दैन । पत्रकारले सकरात्मक समचारभन्दा पनि नकरात्मक समचारलाई बढी जोड दिन्छन्, यो बाध्यता हो । पाठकले नकरात्मक समचार बढी पढ्छन् ।

नकरात्क पनि कसरी लेख्ने कति हदसम्म लेख्ने भन्ने कुरा आउँछ । नकरात्मक समचारले पाठकलाई नकरात्क बनाउँछ । यसप्रति ध्यान दिनुपर्छ । रिपोटिङ गर्दा सकभर सन्तुलन मिलाउनुपर्छ । कसैको पक्ष र कसैैको विपक्षमा रिपोटिङ हुनु भएन । कसैको मुख हरेर समचार बनाउने होइन, तथ्य हेरेर समाचार बनाउनुपर्र्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?