पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन

हिमालय टाइम्स
Read Time = 1 min

लिस्बोन । चेक रिपब्लिकलाई २-० अन्तरले पराजित गर्दा पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ मा दोस्रो जित निकालेको छ ।

बिहीबार राति लिस्बोनमा घरेलु टोली पोर्चुगलको जितमा जाआओ कन्सेलो र गोन्कालो गुइडेसले समान एक-एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो भने गोलविहिन रहे । बाकी समय दुबै टोलीले गोलको मौका पाएपनि सदुपयोग गर्न सकेनन् ।

जितसँगै पोर्चुगल तीन खेलबाट सात अंक बनाउँदै शीर्षस्थानमा रहेको छ । पराजित चेक तीन खेलबाट चार अंकसहित तेस्रो स्थानमा छ ।

आज नै भएको खेलमा स्विजरल्यान्डलाई १-० ले पराजित गरेका स्पेन दोस्रो स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?