काठमाडौंको फोहोर आजबाट उठने, मध्यराति जुट्यो १८ बुँदे सहमति(विज्ञप्तिसहित)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । दुई सातादेखि थुप्रिएको काठमाडौंको फोहोर उठ्ने भएको छ ।

काठमाडौं महानगरपालिका र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच मध्यराति १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो ।

ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौं महानगरपालिकाबीच भएको १८ बुँदे सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ ।

‘काठमाडौं महानगरपालिकावाट बञ्चरे डाँडा कुडुँलेलेसम्म फोहोर ढुवानी गर्ने कार्य दिर्घकालिन रुपमा रातीको समयमा गर्ने, रातीको समयमा आवाश्यक पुर्वाधार बत्ती तथा वाटोको निमार्ण तथा व्यवस्थापन महानगरपालिकाले तीन महिनाभित्र गर्ने’ सहमति पत्रमा उल्लेख छ, ‘सिसडोल तथा बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिना भित्र व्यवस्थापन गर्ने ।’ सहमति पत्र अनुसार फोहोर बोक्ने गाडीवाट बाटोमा लिच्चड नचुहिने ब्यवस्था एक महिना भित्र मिलाउने जिम्मेवारी महानगरपालिकालाई दिईएको छ ।

प्रभावित क्षेत्र आवतजावत गर्ने तीन पिप्ले गल्छी बैकल्पिक राजमार्गको लागि नेपाल सरकारसँग अनुरोध गर्नेदेखि तीन पिप्लेदेखि बञ्चरे डाँडासम्मको फोहोर ढुवानी गर्ने सडकको नाममा जग्गाको लागत कायम गर्न पहल गर्नेलगायत १८ बुदेँ सहमति भए पछि काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठ्ने भएको हो ।

यसअघि पनि आन्दोलनरत क्षेत्रका जनप्रतिनिधि र महानगरसँगै सहरी विकास मन्त्रालयबीच सहमति जुटेको थियो । तर, स्थानीयले आन्दोलन जारी नै राखेका थिए ।

आज बिहान ८ बजे दुईपक्षबीच वार्ता हुने जनाइएपनि मधयराति नै वार्ता टुंग्याइएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?