स्तन क्यान्सर जितेकी महिमा चौधरीको फेरिएको अनुहार

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

मुम्बई । बलिउड अभिनेत्री महिमा चौधरीलाई स्तन क्यान्सर भएको छ । उनलाई स्तन क्यान्सर भएको भन्दै अभिनेता अनुपम खेरले एक भिडियो सार्वजनिक गरेका छन् ।

बलिउडमा राम्रो नाम बनाइसकेकी महिमालाई निकै ट्यालेन्टेड अभिनेत्रीका रुपमा लिने गरिएको छ । फिल्म परदेशीमा उनले गरेको अभिनयको अहिले पनि चर्चा हुने गरेको छ ।

भारतीय सञ्चार माध्यामका अनुसार अभिनेत्री चौधरीलाई क्यान्सर भएको पत्ता लागेपछि उनका प्रसंशकहरू अचम्ममा परेका छन् । किनकी अभिनेत्री चौधरीको क्यान्सरका कारण पुरै रुप नै बदलिएको छ ।

अनुपम खेरले महिमा चौधरीसँगको एक भिडियो सार्वजनिक गर्दै उनले अभिनेत्री चौधरीलाई हिरोको संज्ञा दिएका छन् । अनुपम खेरले महिमा चौधरीको भिडियो सार्वजनिक गर्दै लेखेका छन्, ‘ मैले एक महिना पहिला महिमालाई आफ्नो ५२५ औं फिल्म द सिग्नेचरमा एक महत्वपूर्ण भूमिकाको लागि अमेरिकाबाट फोन गरेको थिए । तर, कुराकानीको समयमा थाहा भयो कि महिमा स्तन क्यान्सरबाट पीडित छिन् । महिमा चाहान्थिन् कि यो कुरा अनुपमले सबैसँग सेयर गरुँन, किनकि महिमाको मनोवृत्तिले संसारभरिका महिलाहरूलाई साहस दिनेछ ।’

अभिनेत्री महिमाका अनुसार जब अनुपम खेरले उनलाई फिल्ममा काम गर्नका लागि फोन गरेका थिए । उनी त्यस समय अस्पतालमा आफ्नो उपचार गराउँदै थिइन् । उनको टाउकोमा कपाल नभएका कारण उनलाई आएका थुप्रै फिल्मका अफरहरूलाई अस्वीकार गरिरहेकी छिन् । अभिनेत्री चौधरीले अनुपम खेरको फिल्म प्रस्तावलाई अस्वीकार गर्न नसकेर फिल्ममा नक्कली कपाल(विग) लगाएर काम गर्न सक्छु भनेर अनुरोध गरेकी थिइन् । उनी अब छिटै अनुपम खेरको फिल्मबाट पर्दामा फर्किन लागेको अनुपम खेरले बताएका छन् ।

अभिनेत्री चौधरी भन्छिन्,‘मलाई क्यान्सरको कुनै लक्षण थिएन । मेरो नियमित जाँचमा मलाई स्तन क्यान्सर छ भनेर पत्ता लागेको हो ।’अहिले आफू ठिक भएको पनि उनले बताएकी छिन् ।

यसअघि महिमाको २०१३ मा विवाह सम्बन्ध टुटेको थियो । त्यसअघि उनी एक गम्भीर कार दुर्घटनामा परेकी थिइन् । त्यति बेला उनको अनुहारबाट मात्रै ६७ वटा सिसाका टुक्रा निकालिएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?