आजबाट ‘७७७ चार्ली’ र ‘जुरासिक वर्ल्ड डोमिनियन’ प्रदर्शनमा

Read Time = 2 mins

काठमाडौं । नेपाली सिनेमा घरमा आज (शुक्रबार)बाट दुई नयाँ चलचित्र प्रदर्शनमा आएको छ । कन्नड फिल्म ‘७७७ चार्ली’र हलिउड फिल्म ‘जुरासिक वर्ल्ड डोमिनियन’ प्रदर्शनमा आएका हुन् ।

‘७७७ चार्ली’ एडभेन्चर कमेडी ड्रामा जनरामा बनेको फिल्म हो, जसमा कुकुर र मान्छेको सम्बन्ध मुख्य विषयवस्तु बनाइएको छ। फिल्ममा कुकुरसहित रक्षित सेट्टी, संगीता श्रींगेरी, राज सेट्टी, डेनिस सैट लगायत कलाकारको मुख्य भूमिका छ।

त्यस्तै ‘जुरासिक वर्ल्ड डोमिनियन’ सर्वाधिक शोका साथ प्रदर्शनमा आएको छ। फिल्मको एडभान्स बुकिङ भने अपेक्षित छैन। यो जुरासिक वर्ल्ड फ्रेन्चाइजको छैटौँ फिल्म हो। जुरासिक वर्ल्ड सर्वाधिक कमाइ गर्ने साइन्स फिक्सन फिल्म फ्रेन्चाइज मध्येमा पर्छ।

‘७७७ चार्ली’ किरनराज केको लेखन तथा निर्देशनमा बनेको चलचित्र हो भने ‘जुरासिक वर्ल्ड डोमिनियन’ कोलिनट्रेवोरोको निर्देशनमा बनेको हो ।

दुई चलचित्रको पहिलो प्रतिक्रिया भने राम्रो आएको छ । यसअघि पनि भारतिय चलचित्र ‘आरआरआर’ र ‘केजिएफ-२’ ले पनि नेपालमा राम्रो प्रदर्शन गरेको थियो ।

यसैबीच, गत हप्तादेखि प्रदर्शनमा आएको तामिल फिल्म ‘विक्रम’ दोस्रो हप्तामा पनि हाउस फुलमै प्रदर्शन भइरहेको छ ।

यता, नेपाली फिल्म ‘कबड्डी ४’ तेस्रो हप्तामा टेकेको छ । तस्रो हप्तामा पुग्दा पनि फिल्मको क्रेज भने घटेको छैन । यसले दुई हप्तामा १८ करोडभन्दा बढी कमाइ गरिसकेको छ ।

कोरोना पछाडी यो सबैभन्दा धेरै व्यापार गर्ने नेपाली फिल्म बनेको छ । यसका अगाडीका तीन श्रृखंला पनि सुपरहिट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?