गाउँपालिकाका इञ्जिनियरमाथि हातपात गर्ने दुई जना पक्राउ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

-डम्मर बुढा मगर

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाका इञ्जिनियरमाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रसेवक कर्मचारीको कामकाजमा बाधा अवरोध सिर्जना गरेको तथा हातपात गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

तमानखोला गाउँपालिका-१ का २९ वर्षीय महेन्द्र थापा र २८ वर्षीय होमलाल रोकालाई प्रहरीले नियन्त्रणमा लिएको हो । तमानखोला गाउँपालिका-१ मा रहेको बुद्ध आधारभुत विद्यालयको भवन निर्माणको विषयलाई लिएर उनीहरूले गत जेठ १४ गते गाउँपालिकाका इञ्जिनियर अर्जुन कुमार यादवलाई गालिगलौज गर्दै हातपात गरेका थिए ।

नियन्त्रणमा लिईएका दुवै जना विरुद्धमा सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

चौतर्फि दबावपछि प्रहरीले घटना भएको १२ दिनपछि उनीहरूलाई पक्राउ गरेको हो । घटनापछि दुवै जना फरार रहेकाले पक्राउ गर्न समय लागेको प्रहरी नायव उपरीक्षक रानाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?