सञ्चारकर्मी लामिछानेद्वारा संसदीय निर्वाचन लड्ने घोषणा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सञ्चारकर्मी हरिशरण लामिछानेले संघीय संसदको निर्वाचनमा उम्मेदवार हुने घोषणा गर्नु भएको छ ।

चर्चित पत्रकार रवि लामिछानेका सहोदर दाईसमेत रहनुभएका सञ्चारकर्मी लामिछानेले सो उम्मेदवारका बारेमा औपचारिक घोषणा केही समयमा नै गर्नेसमेत जनाउनुभएको छ ।

‘तीन दशक भन्दा लामो संचारकर्मको परिस्कृत अनुभवबाट मेरो अन्तस्करणले मलाई सिंहदरबारबाट बाहिरिएर देश र जनताको सेवामा फरक भूमिकामा पेश हुन थप प्रेरित गरेको छ,’ सञ्चारकर्मी लामिछानेले भन्न्नुभएको छ, ‘परिवर्तन सम्भव छ भन्ने मान्यतासहित आगामी संसदीय निर्वचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छु, सबैको साथ र समर्थनमा यो अभियानमा होमिने छु ।’

बिस्तृत कार्ययोजना र उम्मेद्बारीको औचित्यबारे समयक्रममा औपचारिक घोषणा हुने उहाँले जनाउनुभएको छ ।

भक्तपुर नगरकोटका स्थायी बासिन्दा लामिछाने ले निर्वाचन क्षेत्र भने घोषणा गर्नुभएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?