काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनका लागि संसदीय समिति गठन हुने भएको छ । पटक पटक समस्या हुँदै आएको काठमाडौंको फोहोर व्यवस्थापनको लागि जनप्रतिनिधिसहितको संयन्त्र बन्न लागेको हो । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बलियो संयन्त्र बनाएर मात्रै समस्या समाधान गर्न सकिने बताउनु भयो ।
शुक्रबार बिहान मन्त्रालयमा सिसडोल र बञ्चरेडाँडाका स्थानीयसँग गरिएको छलफल कार्यक्रममा मन्त्री झाँक्रीले फोहोरमैला व्यवस्थापनको लागि बलियो संयन्त्र बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि सरकारीभन्दा पनि जनप्रतिनिधि संलग्न रहेको समिति बनाउनु राम्रो हुने बताउनु भयो ।
‘हामीले बलियो संयन्त्र बनाउँछौं । मन्त्रीहरू त आउने जाने भइरहन्छ । यसका लागि माननीयज्यूहरू संलग्न समिति बनाउनु राम्रो हुन्छ । त्यसका लागि प्रधानमन्त्रीज्यूसँग पनि छलफल गर्छौं र समिति बनाएर काम अगाडि बढाउँछौं,’ मन्त्री झाँक्रीले भन्नुभयो ।
छलफलको क्रममा बलियो संयन्त्र बनाएर अनुगमन तथा व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको थियो । नुवाकोट र धादिङका स्थानीय तहका जनप्रतिनिधिहरूले फोहोरको समस्या बेला बेला उठ्ने गरेको भन्दै त्यसको दीर्घकालीन समाधान खोजिनुपर्नेमा जोड दिएका थिए ।
सोही क्रममा मन्त्री झाँक्रीले मन्त्री तथा कर्मचारीहरूबाट भन्दा पनि प्रतिनिधिसभा सदस्यहरू संलग्न समिति गठन गर्दा राम्रो हुने बताउनु भयो । त्यसका लागि प्रधानमन्त्रीसँग छलफल गरिने र संसद्बाट समिति गठन गरिने बताउनु भयो ।
मन्त्री झाक्रीले भनेको समितिको संयोजकको लागि नेकपा एमाले सांसद रामवीर मानन्धरले इच्छा व्यक्त गर्नुभएको छ । संसदमा बोल्दै सांसद मानन्धरले काठमाडौंको फोहोरमैला व्यवस्थापनको जिम्मा आफूलाई दिन आग्रह गर्नुभएको हो ।
आफ्नै अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गर्नुभयो । ‘काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुन मैले आकांक्षा गरेको थिएँ, तर म उम्मेदवार बन्न पाइनँ । फोहोरमैलाले अहिले काठमाडौं अस्तव्यस्त ध्वस्त भइरहेको छ । सरकारसँग सभामुखमार्फत एउटा माग राख्न चाहन्छु, मेरो अध्यक्षमा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरियोस्’, उहाँले भन्नुभयो ।
काठमाडौंको फोहोर व्यवस्थापन आफुले मात्रै गर्न सक्ने उहाँको दाबी छ । स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको एक महिना वितिसकेको तर, फोहोरको समस्या झन दिनप्रतिदिन बढ्दै गएको उहाँको भनाइ छ । वर्तमान सरकार बनेको पनि एक वर्ष भएको भन्दै फोहोर व्यवस्थापन गर्नका लागि एउटा इच्छा शक्ति भएको व्यक्ति चाहिएको र त्यो व्यक्ति आफू भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच