हत्या, हिंसा र बलात्कारका घटनामा सांसदले गराए सरकारको ध्यानाकर्षण

Read Time = 3 mins

काठमाडौं । सांसदहरुले हत्याहिंसा बलात्कारका घटना बढिरहेकाले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसदहरुले दैनिक हत्या, हिंसा र बलात्कारका घटना नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दुर्गा पौडेलले विनियोजन विधेयक–२०७९ अन्तर्गतको परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयको शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै अहिले पनि हत्या लुट बढ्दै गइरहेको भन्दै त्यसलाई रोक्न सरकार असफल भएको बताउनुभयो ।

उहाँले हत्या, हिंसा र बलात्कारका घटनामा सरकारले गम्भीर ढङ्गले अनुसन्धान नगरेको आरोप लगाउनुभयो । “हत्या हिंसा र बलात्कारका घटनामा अनुसन्धान फितलो भएको छ, छिटोछरितो पीडितले न्याय पाउने खालको अनुसन्धान भएको छैन”, उहाँले भन्नुभयो । कालोबजारी, घुसघोरी गुण्डागर्दी रोक्न गृह मन्त्रालयल असफल भएको उहाँको आरोप थियो ।

सांसद खगराज अधिकारीले मुुलुकमा शान्तिसुरक्षा कायम गर्न नसकेको बताउनुभयो । “हत्या, हिंसा घटना दिनहुँ भइरहेका छन्, विभिन्न ठाउँमा शान्तिसुरक्षा अवस्थाको अवस्था फितलो रहेको छ”, उहाँले भन्नुभयो । उहाँले नेपाल–भारत सीमासुरक्षामा खटिने सुरक्षाकर्मीलाई सवारीसाधन उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले दार्चुलाका जयसिंह धामीको मृत्युबारे छानविन गरेर प्रतिवेदन संसद्मा ल्याएर सार्वजनिक गर्न माग गर्नुभयो । “छानविन प्रतिवेदन किन संसद्मा ल्याइएन् रु त्यसको क्षतिपूर्ति रु”, भनी उहाँले प्रश्न गर्नुभयो ।

सांसद प्रेम सुवालले भारतले नेपालको सिमाना अतिक्रमण गर्दा सरकारले केही गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले नेपाली भूमि डुब्नेगरी भारतले बनाइएका बाँध भत्काउनुपर्नेमा जोडनुभयो । उहाँले नेपाल–भारतमा खुला सिमाना पर्याप्त सीमा चौकी राख्न माग गर्नुभयो ।

सांसद दीपकप्रकाश भट्टले सिङ्गो विकासको एउटा नीतिलाई लिएर सरकार अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले आवश्यकताअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बजेट विनियोजन नभएकाले सिङ्गो पर्यटन क्षेत्रको प्रवद्र्धनमा समस्या देखिने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?