अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमाण्डरद्वारा प्रधानमन्त्रीसँग शिष्टाचार भेट

Read Time = 1 min
A A- A+

काठमाडौं । अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चाल्र्स ए फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार पुगी उहाँले देउवासँग आज शिष्टाचार भेट गर्नुभएको हो ।

भेटमा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

भेटमा फ्लिनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?