सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतमा एमाले र माओवादी केन्द्र गठबन्धन विजयी भएका छन् । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाल विजयी हुनु भयो ।
शुक्रबार भएको निर्वाचनमा १० मतसहित एमाले र माओवादी गठबन्धन प्यानल विजयी भएको छ ।
गठबन्धनका उम्मेदवारले १० मत पाउँदा कांग्रेसका उम्मेदवारले आठ मत पाएको मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले बताउनु भयो।
महिला सदस्यमा चन्द्रा धामी (एमाले), शान्ति ताराम (माओवादी) र मीना मल्ल (एमाले) तथा अन्य सदस्यमा तुलबहादुर नेपाली (माओवादी), डिल्ली पाण्डे (एमाले) र पृथ्वीबहादुर बुढा (एमाले) तथा अल्पसंख्यकमा सावित्रा टमटा (एमाले) विजयी हुनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच