५७७ जना सांसदका लागि फ्रान्समा दुई चरणमा संसदीय निर्वाचन हुँदै

Read Time = 2 mins

पेरिस । फ्रान्समा संसदीय निर्वाचनका लागि तयारी अन्तिम चरणमा प्रवेश गरेको छ ।

नयाँ निर्वाचनबाट देशको राष्ट्रिय सभाका लागि ५७७ जना सांसद निर्वाचित गर्नुपर्ने भएकाले निर्वाचन आयोगले निर्वाचनको तयारी गरेको हो ।

आयोगले दुई चरणमा निर्वाचन गर्ने तय गरेको छ । आयोगका अनुसार जुन १२ तारिखमा पहिलो चरणको निर्वाचन र जुन १९ मा दोस्र्रो चरणको निर्वाचन हुनेभएको छ ।

निर्वाचनका लागि देशभरी छ हजार २९३ जना उम्मेदवारी चुनावी प्रतिश्पर्धामा उत्रिएको निर्वाचन आयोगले जनाएको छ ।

मतदानका लागि स्थानीय समय अनुसार जुन १२ को बिहान ८ बजे मतदान केन्द्रहरु खुल्ला हुनेछन् भने बेलुका ६ बजेसम्म मतदान गर्न पाइनेछ ।

निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खस्यो र कुनै उम्मेदवारले २५ प्रतिशतभन्दा बढी तर सबैभन्दा धेरै मत ल्यायो भने दोस्रो चरणको निर्वाचन गर्नु नपर्ने व्यवस्था छ । तर निर्वाचनमा ५० प्रतिशत भन्दा कम मत खस्यो वा कुनै पनि उम्मेदवारले २५ प्रतिशतभन्दा बढी मत ल्याएनन भने दोस्रो चरणको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ ।

अहिलेको निर्वाचनका राष्ट्रपति इम्यानुयल माक्रोँको पार्टीसहितको गठवन्धन र जेन लुक मेलेन्चोन नेतृत्वको पार्टीसहितको गठबन्धनका बीच मुख्य प्रतिश्पर्धा हुने देखिएको छ ।

गृह मन्त्रालयका अनुसार निर्वाचनमा २० पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । फ्रान्सको संसदमा बहुमतका लागि २८९ सिट आवश्यक पर्दछ ।
-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँ : सचिव दुवाडी नुवाकोट बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, तीन घाइते काठमाडौं उपत्यकाका पाँच स्थानबाट एलपी ग्यास वितरण सुरु नुवाकोटमा बस र इभी भ्यान भिरबाट खसे एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गण्डकी प्रदेशमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला गर्ने विधेयक… भोजपुरमा लाखे नाच संरक्षणमा जुटे युवा मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु सर्वोच्च अदालतका कारण सरकारले लक्ष्यअनुसार कार्य सम्पादन गर्न सकेन : मुख्यसचिव कार्की इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु