तेक्वान्दो पुम्से शनिबारदेखि हुने

Read Time = 2 mins

काठमाडौं । प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ ।

नेपाल तेक्वान्दो संघको आयोजनामा दुई दिनसम्म चल्ने प्रतियोगितामा ७० स्वर्ण पदकको लागि पुरुष र महिलातर्फ सात गरी कुल १४ विधामा प्रतिस्पर्धा हुनेछ ।

पहिलो पटक राष्ट्रिय स्तरमा हुन लागेको पुम्से विधाको प्रतियोगितामा विजयी हुने र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको अभिलेख राखेर वरीयता निकाल्ने संघले जानकारी दिएको छ ।

पछिल्लो समयमा प्राप्त सफलतालाई अझ उत्कृष्ट पार्ने उद्देश्यसहित यसै प्रतियोगितामा छनोट भएका उत्कृष्ट खेलाडीहरूलाई समेटेर राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने संघले बताएको छ । संघले आगामी दक्षिण एसियाली खेलकुद (साग), एसियाली प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षण सुरु गरेको हो ।

त्यसका लागि संघले उपाध्यक्ष भानबहादुर चन्दको अध्यक्षतामा सात सदस्यीय प्रतियोगिता आयोजक समिति पनि गठन गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?