ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-३, भकिम्लीलाई जातीय छुवाछुत मुक्त गाउँ घोषणा गरिएको छ । शुक्रबार वडामा आयोजित कार्यक्रममा जातीय उत्पीडनको अन्त्यसँगै छुवाछुतमुक्त गाउँ घोषणा गरिएको हो ।
बि.सं २०७४ सालदेखि सुरू भएको अभियानमा जातिय छुवाछुतमुक्त क्षेत्र घोषणाको लागि आवश्यक सबै सूचक पुरा भएपछि वडा अध्यक्ष पदम पुनले औपचारिक कार्यक्रमका बीच भकिम्लीलाई छुवाछुतमुक्त वडा घोषणा गर्नुभएको हो ।
उहाँले वडाभित्र सबै जातजाति बीचको एकता र सहकार्यले समृद्ध वडा बनाउन सहज हुने बताउँदै छुवाछुतमुक्त वडा घोषणाले जातिय भेदभाव अन्त्यलाई व्यवहारिक रुपमा कार्यान्वयनमा सघाउ पुग्ने बताउनुभयो ।
पाँच बर्षसम्म छुवाछुत बिरुद्धका अभियानमा गरिएका गतिविधिलाई आगामी दिनमा समेत निरन्तरता दिँदैै घोषणालाई ब्यवहारमा उर्तानुपर्ने अध्यक्ष पुनको भनाइ थियो । कार्यक्रममा बेनी नगरकार्यपालिका सदस्य मनकुमारी विश्वकर्माले जातिय छुवाछुत कानूनी रुपमा दण्डनीय भएतापनि अहिले पनि समुदायमा छुवाछुत भएको देख्नुपरेको बताउँदै मानिस-मानिव बीचमा हुने सबैखालका भेदभावलाई व्यवहारिक रुपमा निर्मुल पार्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले घोषणाले जातिय छुवाछुतमुक्त अभियानमा लागेका अगुवाहरूलाई भकिम्लीसम्म आउने वातावरण बनाउने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए ।
बि.सं २०७४ सालदेखि आन्तरिक दलितभित्रको छुवाछुत बिरुद्धको अभियान, घरदैलो अभियान, जिविकापार्जनको लागि विभिन्न आयआर्जन हुने योजना, सहभोज तथा टोलटोलमा प्रतिबद्धता, प्रभावकारी भाषणकला तालिम, वडाभित्रका सबै बस्तीमा पुगेर विभिन्न रचनात्मक कार्यहरू सञ्चालन लगायतका विभिन्न कार्यक्रमहरू गरिएको प्रगतिशिल दलित मञ्चका अध्यक्ष रामबहादुर किसानले जानकारी दिनुभयो ।
उहाँले भकिम्लीमा रहेको १५८ दलित घरधुरीमात्रै नभई सबै जातजाति बीचको सहकार्य हुने कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिने बताउनुभयो ।
घोषणा कार्यक्रममा अन्तरजाति विवाह गर्नेलाई सम्मान, अभियानलाई सफल पार्नका लागि विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्ति तथा निकायहरूलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच