जनवादी गायक शर्मा बागलुङमा पुरस्कृत

हिमालय टाइम्स
Read Time = 2 mins

-डम्मर बुढा मगर

बागलुङ । जनवादी गायक जीवन शर्मा बागलुङमा पुरस्कृत हुनुभएको छ । कलाकार बाबुराम, सरस्वति बज्राचार्य स्मृति कोषबाट शुक्रबार शर्मा सम्मानित हुनुुभएको छ । उहाँ कलाकार बाबुराम, सरस्वति बज्राचार्य स्मृति कोष २०७७ बाट पुरस्कृत हुनुभएको हो ।

रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्षसमेत रहनुभएका शर्मालाई नगद २० हजार रुपैयाँ र दोसल्ला ओढाएर उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले पुरस्कृत गर्नुभएको हो ।

शर्मालाई ‘गीत संगीतको माध्यमबाट शोषित, पीडित, असहाय, एवं श्रमजीविको आवाजलाई झंकृत गर्दै न्याय, समाताको लागि विगत लामो समयदेखि सशक्त आवाज उठाउँदै’ आएकोमा पुरस्कृत गरिएको बताइएको छ ।

शर्मासँगै संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै ज्ञानोदय बुद्ध विहारलाई पनि २० हजार रुपैयाँले पुरस्कृत गरिएको छ । कोषबाट यसभन्दा पहिले कलाकारहरु लक्ष्मण शाक्य, विक्रम श्रेष्ठ, मूर्तिकार ओम खत्री, संगीतकार बीबी अनुरागीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा कोषका सदस्य काजी गाउँले श्रेष्ठले जनवादी गायक जीवन शर्माको जीवनी बारेमा बताएका थिए । कार्यक्रम कोषधा अध्यक्ष काजी रोशनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?