भक्तपुरको चाँगुनारायणमा केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्प

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भक्तपुरको चाँगुनारायणमा केन्द्र भएर भूकम्प गएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पले काठमाडौंसहित उपत्यकाका तीनवटै जिल्लामा धक्का महसुस भएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार केन्द्र भक्तपुरको चाँगुनारायण थियो भने ४.७ म्याग्निच्युडको रहेको थियो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

केन्द्रका भूकम्पविद् सुजनकुमार सुवेदीले विसं २०७२ वैशाख १२ गते गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५८३ परकम्प गएको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?