एसकेडियुएन टोली जयपुर प्रस्थान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मित्रराष्ट्र भारतको जयपुरमा आयोजना हुने आइएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न गर्न नेपाली सोतोकान (एसकेडियुएन) टोलीलाई भारतको जयपुर प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राखेपमा बिदाइ गर्नुभयो ।

टोलीलाई बिदाई गर्दै सदस्यसचिव घिसिङले उच्च मनोबलका साथ राष्ट्रलाई सम्झँदै प्रतिस्पर्धा गर्न र राष्ट्रका लागि पदक प्राप्त गर्न शुभकामना व्यक्त गर्नुभयो । प्रशिक्षक चित्रप्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक व्यवस्थापक, ७ महिला र ९ पुरुष गरी १६ खेलाडी, ४ रेफ्री र एक अफिसियल गरी २३ सदस्य हुनुहुन्छ ।

जुन १४ देखि २२ सम्म हुने प्रतियोगितामा खेलाडीतर्फ वर्षा केसी (१३ वर्ष), झरना केसी (१४ वर्ष), एञ्जिला राई (१५ वर्ष), सर्मिला वाइवा (१७ वर्ष), वर्ष बुढामगर (५० केजी), पुष्पका लामा (५५ केजी), अरिका गुरुङ (६८ केजी माथि), सुरोज राजबाहक (१५ वर्ष), शाहिल घले (१६ वर्ष), रूपक श्रेष्ठ (१७ वर्ष), सम्मान श्रेष्ठ (५० केजी), साजन बल (५५ केजी), सन्तोष श्रेष्ठ (६० केजी), सुरेन्द्र तामाङ (६८ केजी), पासाङ ग्याल्जेन थोकर (७५ केजी), सञ्जय महर्जन (८४ केजीमाथि) रहनुभएको छ ।

यस्तै व्यवस्थापकमा सञ्जय महर्जन, अफिसियलमा पुरुषोत्तम महर्जन, रेफ्रीतर्फ विकास राजवाहक, गोविन्द श्रेष्ठ, नवीन महर्जन, दिनेश तामाङ रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?