एसकेडियुएन टोली जयपुर प्रस्थान

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मित्रराष्ट्र भारतको जयपुरमा आयोजना हुने आइएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न गर्न नेपाली सोतोकान (एसकेडियुएन) टोलीलाई भारतको जयपुर प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राखेपमा बिदाइ गर्नुभयो ।

टोलीलाई बिदाई गर्दै सदस्यसचिव घिसिङले उच्च मनोबलका साथ राष्ट्रलाई सम्झँदै प्रतिस्पर्धा गर्न र राष्ट्रका लागि पदक प्राप्त गर्न शुभकामना व्यक्त गर्नुभयो । प्रशिक्षक चित्रप्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक व्यवस्थापक, ७ महिला र ९ पुरुष गरी १६ खेलाडी, ४ रेफ्री र एक अफिसियल गरी २३ सदस्य हुनुहुन्छ ।

जुन १४ देखि २२ सम्म हुने प्रतियोगितामा खेलाडीतर्फ वर्षा केसी (१३ वर्ष), झरना केसी (१४ वर्ष), एञ्जिला राई (१५ वर्ष), सर्मिला वाइवा (१७ वर्ष), वर्ष बुढामगर (५० केजी), पुष्पका लामा (५५ केजी), अरिका गुरुङ (६८ केजी माथि), सुरोज राजबाहक (१५ वर्ष), शाहिल घले (१६ वर्ष), रूपक श्रेष्ठ (१७ वर्ष), सम्मान श्रेष्ठ (५० केजी), साजन बल (५५ केजी), सन्तोष श्रेष्ठ (६० केजी), सुरेन्द्र तामाङ (६८ केजी), पासाङ ग्याल्जेन थोकर (७५ केजी), सञ्जय महर्जन (८४ केजीमाथि) रहनुभएको छ ।

यस्तै व्यवस्थापकमा सञ्जय महर्जन, अफिसियलमा पुरुषोत्तम महर्जन, रेफ्रीतर्फ विकास राजवाहक, गोविन्द श्रेष्ठ, नवीन महर्जन, दिनेश तामाङ रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
इन्द्रसरोबरमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते यु–१६ राष्ट्रिय जिम्न्यास्टिक च्याम्पियनसिप शुरु सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ विश्वकपअघि भिसा विवाद: इरानले अमेरिकामाथि विभेदको आरोप लगायो ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग ४८ वटा सटर डोजरले भत्काएपछि रहेन सिन्धुलीको स्टल बजार अनलाइनबाट सडकसम्म: ‘कक्रोच जनता पार्टी’को पहिलो प्रदर्शन, दिल्लीमा कडा सुरक्षा प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता