बीएनएलाई दोहोरो सफलता

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो सफलता पाएको छ । वसुन्धारास्थित श्री समाज सामुदायिक भवनको कोर्टमा भएको सिनियर गल्र्सको प्रतिस्पर्धा बीएनएले काठमाडौं ग्लोबललाई १४-१२ ले पराजित गर्‍यो । बीएनएकी अस्मिता राईले ६ स्कोर गर्नुभयो ।

जुनियर ब्वाइजमा बीएनएले काठमाडौं ग्लोबललाई नै १३-२ ले हरायो । बीएनएका एलेक्स गुरुङले ६ अंक जोड्नुभयो । सो स्पर्धाको अर्को खेलमा इडेन ब्रिज एकेडेमी (इबीए) ले लालीगुराँस नेसनल एकेडेमीलाई २०-८ ले पन्छायो । इबीएका निखिल शाहीले १० अंक बटुल्नुभयो ।

सिनियर ब्वाइजमा स्किब्सले भद्रकालीलाई २६-८, एन्जल्र्स हार्टले फेरिल्याण्डलाई २४-१० र लालीगुराँसले नेपाल मोडेललाई ३८-२८ निराश पारे । स्किब्सका युनिकले १०, एन्जल्सका लिजेन क्षेत्रीले १२ र लालीगुराँसका रविन तामाङले १३ अंक जोड्नुभयो ।

उक्त स्पर्धाकै अन्य प्रतिस्पर्धामा सेबले स्कोरलर्स होमलाई ४८-१७, इबीएले काठमाडौं ग्लोबललाई ३८-६ र ओडिसी इन्टरनेसनल एकेडेमीले युनिभर्सिटीलाई ३०-२२ ले पाखा लगाए । सेबका लोकेन्द्र राउतले १२, इबीएका सौगात खत्रीले ११ र ओडिसीका बेन्जामिन लिम्बूले १४ स्कोर गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?