चेक रिपब्लिकमाथि पोर्चुगलको जित

Read Time = 3 mins

लिस्वन । युइएफए नेसन्स लिग ए ग्रुप-२ अन्तर्गत पोर्चुगलले चेक रिपब्लिकलाई २-० गोलअन्तरले पराजित गरेको छ । लिस्वनमा बिहीबार राति भएको खेलमा पोर्चुगलका लागि जोओ क्यान्सेलो र गोन्कालो गुइडेसले एक-एक गोल गर्नुभयो ।

पोर्चुगलले खेलको ३३औं मिनेटमा जोओ क्यान्सेलोको गोलबाट अग्रता लिनुभएको थियो । त्यसको पाँच मिनेटपछि सिल्भाकै पासमा गोन्कालो गुइडेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पार्‍यो । जितसँगै अपराजित रहेको पोर्चुगल तीन खेलबाट सात अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित चेक रिपब्लिक तीन खेलबाट चार अंक जोडेर तेस्रो स्थानमा छ । स्पेन पाँच अंक जोडेर दोस्रो स्थानमा रहँदा स्वीट्जरल्याण्डले अंकको खाता दोल्न सकेको छैन ।

यस्तै अर्को खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई १-० ले हरायो । स्पेनको जितमा पाब्लो सारावियाले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको १३औं मिनेटमा मार्काेस लोरेन्टेको पासमा गोल गर्नुभएको थियो ।

यो जितसँगै नेसन्स लिगमा पहिलो जित निकालेको स्पेन तीन खेलबाट पाँच अंक जोडेर दोस्रो स्थानमा छ । स्पेनले यसअघि पोर्चुगलसँग १-१ गोलको तथा चेक रिपब्लिकसँग २-२ गोलको बराबरी खेलेको थियो । पराजित स्वीट्जरल्याण्डले अंकको खाता खोल्न सकेको छैन ।

यता सर्वियाले स्वीडेनलाई १-० गोलअन्तरले पराजित गरेको छ । सर्वियाको जितमा लुका जोभिकले तेस्रो मिनेटमा गोल गर्नुभयो । यो जितसँगै सर्विया तीन खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित स्वीडेन तीन अंक जोडेर तेस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा यसअघिको सुरुवाती दुई खेलमा जित निकालेको नर्वे पुछारमा रहेको स्लोभेनियासँग गोलरहित बराबरीमा रोकिएको छ । नर्वेले स्लोभेनिया १० खेलाडीमा समेटिएको फाइदा समेत उठाउन सकेन । नर्वेले यसअघि सर्विया र स्वीडेनलाई पराजित गरेको थियो । यो नतिजापछि नर्वे तीन खेलबाट सात अंक जोडेर शीर्षस्थानमा यथावत् छ । पहिलो अंक जोडेको स्लोभेनिया एक अंक जोडेर पुछारमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?