जी-बबका आमा-बुबाको जिल्ला प्रशासनमा उजुरी

Read Time = 2 mins

काठमाडौं । चर्चित र्‍यापर जी-बब (सुदीप भण्डारी) ले आफूलाई रिहृयाब सेन्टरमा राखेर बन्धक बनाएको भन्दै उजुरी दिएपछि उहाँका आमा-बुबाले पनि त्यसविरुद्ध जिल्ला प्रशासन कार्यालयमा जाहेरी दिनुभएको छ ।

दुवैले एकअर्काविरुद्ध उजुरी दिएपछि प्रशासनले महानगरीय प्रहरी परिसर काठमाडौंलाई छानबिन गर्न निर्देशन दिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार यस विषयमा प्रहरीले छानबिन थालेको र दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । एसपी मैनालीले शुक्रबार छलफल निष्कर्षमा नपुगेको र सोमबारका लागि फेरि बोलाइएको बताउनुभयो ।

यसअघि जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले दुई पक्षबीच छलफल गराउनुभएको थियो । त्यसक्रममा जी–बबले आफूलाई बुबाआमाले पहिल्यैदेखि नहेरेको र अहिले अनावश्यक हस्तक्षेप गरेको दाबी गर्नुभएको थियो ।

तर, दुव्र्यसनमा परेपछि छोरोलाई सुधार्न आफूहरूले सुधार केन्द्रमा राखेको बुबाआमाको भनाइ थियो । यस्तै शुक्रबार जी-बबका आमाबुबाले मिडियासँग कुरा गर्दै छोरालाई आफूहरूबाट टाढा राखेर लागूऔषध खुवाएको भन्दै एएनटिएफ टिमप्रति आरोप लगाउनुभएको छ ।

उहाँकी आमाले भन्नुभएको छ, ‘एएनटिएफले हाम्रो कलाकार हो हामीले सम्झौता गरेका छौँ भनेर राखेको छ । जी-बबलाई हामीले राम्रो बनाएका छौँ, पैसा कमाएको छ भन्छन् । त्यहाँ झन् धेरै लागूऔषध खान दिइएको छ ।’ आमाले छोराले पाउनुपर्ने पारिश्रमिक पाउनुपर्ने र छोरा जहाँ-जहाँ जान्छन् त्यहाँ अभिभावक जान पाउनुपर्ने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?