चलचित्र ‘डलर एयुडी’ निर्माण हुने

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा गरियो ।

एएसएपी इन्टरटेनमेन्टले चलचित्र निर्माण गर्ने घोषणा गरेको हो । सन्तोष अधिकारी फिल्मस् र अमारियाको प्रोडक्सनको संयुक्त निर्माणमा बन्न लागेको चलचित्रमा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारीलगायतको मुख्य अभिनय रहने कार्यक्रममा जानकारी दिइयो ।

देवकुमार श्रेष्ठको निर्देशन रहने चलचित्र सन्तोष अधिकारीले निर्माण गर्न लाग्नुभएको हो । चलचित्र ‘आमा’ मा सह-लगानी गर्नुभएका अधिकारी लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आउनुभएको छ ।

नेपालबाट अस्ट्रेलिया जाने नेपालीको जीवन कथाको विषयमा निर्माण हुने चलचित्रको सह-निर्मातामा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अञ्जना अधिकारी, तृष्णा गुरुङलगायत रहनुभएको छ । अस्ट्रेलियामा छायांकन हुने बताइएको यो चलचित्रको कथा सन्तोष अधिकारीले लेख्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?