कहिलेदेखि पाल्न सुरु गरियो कुखुरा

हिमालय टाइम्स
Read Time = 1 min

एजेन्सी/कुखुरा पालन व्यवसायका रूपमा संसारभर नै फस्टाएको छ । मासु र अण्डा उत्पादन गर्न कुखुरा पालन गरिन्छ । कुखुरा पालनको सुरुवात दश हजार वर्ष पहिलादेखि सुरु गरिएको पाइएको छ । कुखरा पालन एसियाबाट सुरु भएको मानिन्छ ।

युरोपमा सात हजार वर्ष पहिलादेखि कुखुराको मासु खान सुरु गरिएको बताइन्छ । कुखुरा एकमात्र घरपालुवा जीव हो जो धेरै संख्यामा पाल्ने गरिन्छ । युरोपियन रिसर्चका अनुसार १५ सय ईसापूर्वको आसपासबाट मानिसले कुखुरा पाल्न सुरु गरेका थिए ।

अर्थात् तीन हजार पाँच सय बाइस वर्ष पहिला । यो रिसर्चका अनुसार लाओस, कम्बोडिया, भियतनाम, म्यानमार, थाइल्यान्डमा कुखुरा पाल्न सुरु गरिएको थियो । खोजकर्ताहरूले कुखुराका अवशेषहरूबाट पत्ता लगाएअनुसार कुखुरालाई घरपालुवा बनाउन थाइल्यान्डबाट सुरु गरिएको पाइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?