नम्बर वान ब्रान्ड बन्यो रेड्मी नोट ११

Read Time = 1 min

काठमाडौं । इन्टरनेसनल डाटा कर्पोरेसनको वल्र्डवाइड क्वाटली मोबाइल फोन ट्र्याकर क्यु १, २०२२ अनुसार रेड्मी नोट ११ नेपालको नम्बर एक स्मार्टफोनको सूचीमा उक्लिएको छ ।

शाओमीले विगत सात त्रैमासिकदेखि लगातार नेपाली बजारमा शीर्ष स्मार्टफोन कम्पनीका रूपमा स्थान कायम गर्दै आएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार रेड्मी नोट ११ नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्टफोनका साथै रेड्मी १० प्राइम २०२२ र रेड्मी ९ ए पनि शीर्षस्थानमा रहन सफल भएको छ ।

रेड्मी नोट ११, शाओमी १२ सिरिज लन्चका कारण यो ब्रान्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । साथै शाओमीले एस १ एक्टिभ, वाच लाइट, टिभी स्टिक, मी ट्रिमर, मी स्मार्ट ब्यान्ड ब्यान्ड ६, र रेड्मी सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्कसहित नेपालमा ३० नयाँ इकोसिस्टम उत्पादन भित्रिएको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?