शनिबारको दिन भुलेर पनि नगर्नुहोस् यी काम

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । हरेक बार विशेष नै हुन्छ । हरेक बारका आआफ्नै विशेषता पनि छन् । तर शनिबारको दिन भने अझ विशेष रहेको छ ।

शनिबारको दिन शनिदेवको विशेष दिन हो । शनिदेवलाई न्यायका देवता मानिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो तिल आदी चढाइन्छ । ज्योतिषीय मान्यता अनुसार जसको कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिदेवको पूजा गर्न जरुरी छ ।

धर्मशास्त्रअनुसार शनिबार यी खानेकुरा नखाँदा राम्रो  –

१. आपँको अचार खानबाट बच्नुहोस् । काँचो आँप अमिलो हुन्छ र शनि देव यस्तो चिजको विरोधी हुन् । शनिवारका दिन रातो खुर्सानी नखानुहोस् । त्यसको सट्टा कालो या हरियो खुर्सानिको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

. शनिवारको दिन रक्सी पिउनाले कुन्डलीमा शुभ शनि हुँदा हुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन । शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनु पर्छ ।

३. शनिवारको दिन घरमा फलाम या फलामबाट बनेका बस्तु ल्याउन हुँदैन । नुनको खरिद पनि शनिवार बर्जित गरिएको छ । उक्त दिन नून किन्दा घरमा दरिद्रता भित्रन्छ ।

४. काठबाट बनेका सामान पनि शनिवार किन्न अशुभ मानिन्छ । शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन ।

. शनिवारको दिन कालो रंगको लुगा या जुत्ता किन्न लाग्नु भएको छ भने विचार गर्नुहोस् शनिवार यस्तो वस्त्र किन्न उपयुक्त हुँदैन ।

६. शनिबार रक्सी सेवन गर्नाले शनि राम्रो भएको बेलामा पनि अशुभ फल मिल्छ। दुर्घटनाको आंशका बढ्ने हुन्छ।

७. शनिबारको दिन चना र मासको दाल खान सकिन्छ तर मसुरोको दाल भने नखादाँ नै राम्रो हुन्छ।

हाम्रो जीवनसँग ग्रह दशाहररूको पनि उत्तिमै महत्व रहन्छ ।

आफूले चाहेका काम पुरा भएका छैनन् भने हिन्दु धर्ममा विश्वास गर्नेहरूले ग्रहदशा देखाउन सक्नुहुन्छ । त्यसमध्ये शनि ग्रह पनि एक हो । शनिग्रह आफैँमा नराम्रो होइन ।

यसले राम्रो फल पनि दिन्छ । तर शनिदेवलाई खुसी बनाउँदा सकारात्मक प्रतिफल प्राप्त हुन्छ । तपाई शनिदेवलाई खुसी बनाउन चाहनुहुन्छ भने शनिबार खाने कुरामा सावधानी अपनाउनुपर्छ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?